arrow

अनुगमन र अवलोकनका नाममा एसईईका परीक्षार्थीलाई असहज हुने काम नगर्न कांग्रेसको आग्रह

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० चैत १५ बिहिबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

बनेपा । नेपाली कांग्रेस काभ्रेको शिक्षा शाखाले बिहीबारबाट शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा सहभागी विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेको छ । 

शाखा प्रमुख एवं जिल्ला सदस्य दिपेन्द्र पौडेलले विज्ञप्तिमार्फत विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन् । साथै उनले अनुगमन र अवलोकनको नाममा परीक्षार्थीहरुलाई अनावश्यक रुपमा असहज हुने मानसिक तनाव दिने तवरबाट परिक्षा केन्द्रमा प्रवेश गर्ने कार्य नगरिदिन सम्बन्धित सबैमा गम्भीर ध्यानाकर्षण पनि गराएका छन् । 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “परीक्षा केन्द्रमा खटिनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले परीक्षा मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन आ–आफ्नो भुमिका निर्वाह गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ