arrow

लोकमानको विषयलाई लिएर किन अत्तालिने ?, चर्चा गर्नु आवश्यक छैन : रामचन्द्र पौडेल

logo
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
Ramchandra-Poudel-11.jpg.jpeg
दमौली । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । 
 
नेपाली काँग्रेस तनहुँले गाउँ र नगरका सभापतिहरुको एक दिने अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा काँग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताए । 
 
संविधानको कार्यान्वयन र तीनवटै तहको चुनावमा अघि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएकोप्रति नेता पौडेलले चिन्ता जनाए । 
 
स्थानीय तह पुनःसंरचना आयोगले उपयुक्त सङ्ख्या निर्धारण गर्न नसकेको भन्दै पछिल्लो पटकको सङ्ख्याले पनि विवाद ल्याउने जिकिर गरे । 
 
मधेसी मोर्चाले राखेको जायज माग सम्बोधन गरी संविधानलाई कार्यान्वयनतर्फ अघि लैजान सबै दलहरु गम्भीर भएर लाग्नुपर्ने बेला आएको पौडेलले बताए । सांसद ध्रुव वाग्लेले २०७४ को माघ ७ गतेभित्र तीनवटै तहको चुनाव नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताए । 
 
नेपाली काँग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, काँग्रेस क्षेत्र नं १, २ र ३ का सभापति उदयराज गौली, राजेन्द्रकृष्ण श्रेष्ठ, किसान गुरुङ, काँग्रेस नेता जितप्रकाश आले, जिल्ला उपसभापति ताराराज राना, काँग्रेस नेत्री आशा थापालगायतकाले मुलुकभित्र देखिएका समस्या समाधान गर्न काँग्रेसले पहल थाल्नुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ