arrow

विकट गाँउ जलजलामा बन्यो लघुजल विद्युत आयोजना

स्थानीयबासिन्दाको सक्रियतामा ४ बर्षमा काम सम्पन्न

logo
कौरव खत्री,
प्रकाशित २०७३ कार्तिक ६ शनिबार
tunikheljalbidhut.jpeg
बाग्लुङ्ग । बाग्लुङ्गको पश्चिम क्षेत्र अन्तर्गत अति दुर्गम जलजला गाविसको वडा नं. ६ बाट सञ्चालित  टुनीखोला लघुजल विद्युत आयोजनाको निर्माण सम्पन्न पछि उद्घाटन गरिएको छ । जलविद्युतको उद्घाटन गदै प्रमुख अतिथि बाग्लुङ क्षेत्र नं. ३ की माननीय सांसद  ज्ञानकुमारी छन्त्याले विकास निमार्णको प्रमूख पूर्वाधार मध्ये विद्युत पनि एक भएको हुदा यस्तो दुर्गम र विकट गाँउका स्थानीयबासिन्दाहरुले लामो समय लगाएर निरन्तरको  कडा मिहनेत परिश्रम र सक्रियताले लघुजल विद्युत आयोजना  सफल बनाउनुले विकट र दुर्गम गाविसका गाँउलेहरुले पश्चिम क्षेत्रकै उदाहरणीय कार्य भएको बताइन् ।
 
साथै सांसद छन्त्यालले जलजलाबासीहरुले अँध्यारो गाँउलाई उज्यालो र झलमल्ल बनाउन सफल हुनुले आयोजना सबैको उदाहरण बनेको समेत बताइन् । ४ बर्ष लगाएर निर्माण सम्पन्न  गरिएको जलविद्युत आयोजाबाट ४२ किलोवाट क्षमता रहेको छ ।  उत्पादित  विद्युतबाट गाविसका वडा नं. ४,६,७ र ८ गरि ४ वटा वडाका ३ सय ८७ घरधुरीका उपभोक्क्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेभएका छन् ।
 
विद्युत आयोजनालाई  सम्पन्न  गर्न बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र राष्ट्रिय ग्रामिण नविकरणीय उर्जा कार्यक्रमको आर्थिक सहयोग तथा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सामाजिक परिचालन सहित प्राविधिक सहयोग र स्थानीय उपभोक्क्तहरुको आर्थिक सहितको जनश्रमदानबाट गरि झण्डै १ करोड ,१० लाखको लागतमा आयोजना निर्माण सम्पन्न गरिएको आयोजनाका अध्यक्ष टेक बहादुर श्रीसले जानकारी दिए ।
 
यता गाँउमा विजुली वत्ति सञ्चालन हुदा स्थानीयबासिन्दाहरु  गाँउघरमै कुटानीपिसानी,उद्योगधन्दा,कलकारखाना फर्निचर सञ्चार  सेवा जस्तामा समेत सुविधा गाँउमै सहयोग लिन पाउदा स्थानीयबासिन्दाहरु भने निकै खुसी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ