arrow

नमुना प्लान्ट हेर्न इमाडोल पुगे उद्योगमन्त्री

logo
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
प्राकृतिक-ग्यास-(मिथेन).jpeg
ललितपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्राकृतिक ग्यास (मिथेन) को उत्पादनको नमुना प्लान्टको इमाडोलमा शुक्रबार अवलोकन गरेका छन् । 
 
ग्यास प्लान्ट वैदेशिक सहयोग नभई नेपाल सरकारको खर्चमा निर्माण भएको हो । ग्यास प्लान्ट निर्माणका लागि झन्डै रु १५ लाख खर्च भएको थियो । 
 
इमाडोलमा मिथेन ग्यास देखिएको छ तर त्यसको मात्रा जाँच गर्न बाँकी छ । उद्योग मन्त्रालयअन्तर्गतको खानी तथा भू–गर्व विभागले ग्यास उत्खननका लागि ड्रिल गरेको थियो । यो अवलोकन कार्यक्रममा बोल्दै उद्योगमन्त्री जोशीले यस्ता उत्खनन महत्वपूर्ण हुने बताए । उनले यस्ता कामको सुरुआत भएपछि निरन्तरता दिने उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ