arrow

नगरकोटीको घाटमान्डु सार्वजनिक

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
ghatmandu.jpeg
काठमाडौँ ।  फिक्सन डिजाइनर कुमार नगरकोटीको नयाँ कृति घाटमान्डु शनिबार सार्वजनिक गरिएको छ । घाटमान्डु उत्सव नाम दिइएको विमोचन कार्यक्रममा पत्रकार वसन्त बस्नेत, कविहरु विप्लव प्रतीक र चन्द्रविर तुम्बापो तथा नगरकोटीका लिटररी एजेन्ट राजन गोदारले घाटमान्डुमा संगृहित रचना तथा कविताहरु वाचन गरेका थिए । कार्यक्रमको बीच लेखक नगरकोटीले पनि आफ्ना रचना र रचना गर्भका बारेमा चर्चा गरेका थिए ।
 
कविता वाचनपछि कवि विप्लव प्रतीकले नगरकोटीका कविताले आफ्नो दिमाग झनझनाएको प्रतिक्रिया दिए ।नगरकोटीले आफ्लाई फिक्सन डिजाइनर भने पनि उनको नयाँ कृति घाटमान्डुलाई फिक्सन, ननफिक्सन एण्ड अदर एडिक्सन सबटाइटल दिइएको छ ।
  
नगरकोटीको किताबको विमोचन पनि फरक शैलीबाट गरिएको थियो । शिल्पी थिएटरको हलमा घाटमान्डु उत्सवको अन्त्य गर्दै नगरकोटीले पाँचजना कला, साहित्य र संगीतप्रेमीलाई बोलाएर आफ्नो पुस्तकको विमोचन गरे । घाटमान्डु विमोचन गर्नेमा चलचित्र निर्देशक नवीन सुब्बा, चित्रकार एरिना ताम्रँकार, कलाकार सरिता गिरी, संगीतकार एवम् गायक आभाष र फोटोग्राफर कुमार आले थिए ।
 
कला, साहित्य र संगीतका साधु र साधवी भएकाले ती पाँचजनाबाट आफ्नो कृति विमोचन गराएको नगरकोटीले बताए ।बुकहिल पब्लिकेसन्सले बजारमा ल्याएको कृतिको मुल्य तीन सय ९९ रुपैयाँ तोकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ