arrow

बजार अनुगमनबाट म्याद नाघेका सामग्री बरामद

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले आज पाँचथर सदरमुकाम फिदिम बजारमा अनुगमन गरेको छ ।सहायक प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा बजारका विभिन्न पसलमा राखिएका म्याद नाघेका पेय र खाद्य बस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको छ ।
 
नियन्त्रणमा लिइए मध्ये सबैभन्दा धेरै पेय पदार्थ (कोक) र एशियन थाइ फुड्स प्रालिका दालमोठ र भुजिया रहेको बताइएको छ ।जिल्ला प्रशासन,जिल्ला प्रहरी,घरेलु तथा साना उद्योग विकास समिति र उपभोक्ताहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
 
अनुगमनका क्रममा अधिकांश पसल दर्ता नगरी सञ्चालन गरिएका तथा अधिकांसमा म्याद नाघेका सामग्री राखिनुका साथै इजाजत नलिइ किराना पसलहरुले मदिरा र सुर्तीजन्य वस्तु विक्री गर्ने गरेको पाइएको सहायक प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ