arrow

प्रिमियर लिग फुटबल: आर्सनल र चेल्सी आमने-सामने, लेस्टर र म्यान-यु भिड्ने

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
premier-league-football.jpeg
काठमाडौं। पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोडमा लिगको साविक विजेता  लेस्टर सिटीको सामना गर्नेछ । खेल नेपाली समय अनुसार शनिवार ५:१५ (साँझ) मा सुरु हुनेछ । 
 
गत सिजनको उपाधि चुमेर दुनियाँलाई चकित पारेको लेस्टरले जारी सिजनमा भने खासै राम्रो गर्न सकिरहेको छैन । ५ खेलबाट जम्मा दुई जित निकालेको लेस्टर सिटी अंक तालिकाको एघारौं स्थानमा छ । 
 
जारी सिजनलाई सुखद सुरुवात गरेको युनाइटेड पनि पछिल्लो खेलहरुमा खुम्चिएको छ । ५ खेल खेलिसकेको युनाइटेड तीन जितका साथ तालिकाको सातौं स्थानमा छ । 
 
नेपाली समय अनुसार ७:४५ (साँझ) बजे ६ वटा खेलहरु सुरु हुँदैछन् । जसमा जारी सिजनमा सतप्रतिशत नतिजाका साथ शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीको सामना गर्नेछ । 
 
जारी सिजनको सुरुवातीदेखि नै आफुलाई कडा प्रस्तुत गर्दे आएको म्यान्चेस्टर सिटी भोलिको खेलमा पनि आफ्नो अपराजित यात्रालाई भंग हुन नदिने दाउमा छ । 
 
यस्तै अरु खेलहरुमा लिभरपुलले हल सिटी र एभर्टनले ब्रोनमाउथको सामना गर्नेछ । एभर्टन जारी सिजनको अपराजित टोली हो भने अंक तालिकामा पनि ऊ दोस्रो स्थानमा छ । पाँच खेल खेलेको एभर्टनले चारमा जित र एकमा बराबरी खेलेको छ । 
 
जारी सिजनको अर्को अपराजित टोली टोटन्ह्यामले मिडल्सब्रोउको सामना गर्नैछ । यसैगरि सोही समयमा सन्डरल्याण्डले क्रिस्टल प्यालेस र स्ट्रोक सिटीले वेस्ट ब्रोमवीचको सामना गर्नेछ । 
 
अन्तिम खेल भने दुई हस्तीहरु आर्सनल र चेल्सीबीच हुनेछ । खेल नेपाली समय अनुसार राति १०:१५ (राती) बजे सुरु हुनेछ । अंक तालिकामा आर्सनल चौंथो र चेल्सी पाँचौं स्थानमा छ । यसकारण पनि भोलिको खेल दुवै टोलीका लागि उतिकै महत्वपूर्ण हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ