arrow

बाजुराका युवालाई २ दिने अभिमुखीकरण तालिम

logo
प्रेम रौले,
प्रकाशित २०७३ असोज ५ बुधबार
bajuraabhimukhi.jpeg
 बाजुरा ।  जिल्लामा रहेका युवाहरुको क्षमता अभिवृद्धी गर्नका लागि २ दिने अभिमुखीकरण तालिम विहीबारबाट सुरु भएको छ । युवाहरु देश निर्माणको एक बलियो आधार भएकाले क्षमता अभिवृद्धीका लागि तालिम संचालन गरिएको जिल्ला विकास समिति बाजुराले जनाएको छ ।
 
विभिन्न संजालहरुमा आवद्ध युवा र किशोरीहलाइ तालिम दिन थालिएको हो । तालिममा युवाहरुको क्षमता अभिवृद्धी, दिगो विकासमा युवाको भुमिका विषयमा सहजीकरण भएको छ । युवाहरुले नै देश विकास र सरकारलाइ टेवा पुर्याउन सहयोग पुग्ने भएकाले उनीहरुको क्षमतालाइ वृद्धी गरिने युएनएफपीका कार्यक्रम संयोजक वविन नेपालीले बताए। 
 
उनले भने, 'तालिममा राष्ट्रिय युवा निती लक्ष्य र उद्देश्य युवाको योजना तर्जुमा सहभागिता अन्तराष्ट्रिय जनसंख्या र विकास सम्मेलनका प्रावधान,लैगिक तथा सामाजिक समावेशिकरण नीति र कार्यान्वयनमा गाविसको भुमिका,गाउ नगर विकास योजना तथा बजेट तर्जुमा सम्वन्धी कानुनी व्यवस्थाका बारेमा जानकारी गराइएको छ ।' 
 
विपन्न अपांग पिडडिएका महिला तथा बालबालिकाहरुको योजना तर्जुरमामा सहभागिता अन्तर सम्बन्धका विषयमा सहजीकरण गरिएको बताइएको छ । जिल्ला युवा  समिति बाजुरा र जिल्ला विकास समिति बाजुराको संयुक्त आयोजना, नगर स्तरिय युवा संजालको समन्वय र युएन एफपीको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो । अभिमुखीकरण तालिम शुत्रबार सम्म चल्ने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ