arrow

मन्त्री केसीको पहिलो निर्णयले पुनर्निर्माणमा चार क्षेत्र समेट्यो (भिडियो अन्तर्वार्ता)

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
narsing-kc.jpeg
काठमाडौं । शहरी विकास मन्त्री अर्जनुनरसिंह केसीले आफूले शहरी क्षेत्रलाई बस्न योग्य बनाउनको लागि महत्वपूर्ण कामगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा पदभारग्रहण गरेपछि हाम्राकुरासँग कुरागर्दै मन्त्री केसीले आफ्नो काम राजधानी केन्द्रीत नभई समग्र देशका गाउँदेखि नगरसम्मको कामलाई प्राथमिकतामा राखिने प्रतिवद्धता पनि व्यक्त गरेका हुन् ।
 
सीमित समयभित्र धेरै कामगर्नुपर्ने दायित्व आफू सामू रहेको भन्दै मन्त्री केसीले आफूले प्राथमिकताका कामहरूलाई एक, दुई र तीन गरेर सम्पन्न गर्दै जाने प्रतिक्रिया पनि दिए । नगर र शहरको विषयमा कसरी पारस्परिक सम्बन्धको विकास गर्न सकिन्छ भन्ने विषयमा पनि रणनीतिक कार्ययोजना बनाएर छिट्टै नै काम सुरू गर्ने पक्षमा आफू रहेको उनले जानकारी दिए । 
 
धेरै प्राविधिक काम यस मन्त्रालय अन्तर्गत् पर्ने भन्दै प्राविधिक काम गर्दा जानकारहरूसँग छmलफल गरेर अघि बढ्ने प्रतिक्रिया पनि दिए । 
 
के भयो पहिलो निर्णय ?
 
यसैबीच कार्यभार सम्हाल्दै गर्दा शहरी विकास मन्त्री केसीले भूकम्पको पूनर्निर्माण लगायतका सम्बन्धमा मन्त्रालयको कार्यक्षेत्रभित्रपर्ने कामको मूल्याङ्कन र अनुगमनको लागि केन्द्रबाट सोझै हेर्न अलिकति गाह्रो पर्ने भएकोले त्यसलाई विकेन्द्रीत गर्न ५ वटा क्षेत्रमा नै कार्यालय गठन गर्नुपर्नेमा आवश्यकता देखेर पहिलो चरणमा ४ वटा विकास क्षेत्रमा कार्यालय गठन गर्ने निर्णय गरिएको जानकारी पनि दिए । 
 
यो अहिलेको संरचना अनुसार भएकोले ५ विकास क्षेत्रलाई प्राथमिकतामा राखिएको भएपनि संघीय संरचनामा गएपछि यसलाई सोही प्रणालीमा लैजाने पनि जानकारी केसीले दिए ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ