arrow

छिमेकीसँगको सम्बन्ध सुधारमा प्राथमिकता दिन्छु: परराष्ट्रमन्त्री महत

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
PS-Mahat-1.jpeg
काठमाण्डौ। नवनियुक्त परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप विश्वासिलो र मजबुत पार्न आफू लागिपर्ने बताएका छन्। शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परराष्ट्र मन्त्रीको शपथ लिए लगत्तै पदभार सम्हाल्न सिंहदरबार पुगेका मन्त्री महतले सबै छिमेकी मुलुकहरुसँग विश्वासको सम्बन्ध स्थापित गरिने उल्लेख गरे।
 
छिमेकीसँगको सम्बन्धलाई सन्तुलित एवं नेपाल हितमा प्रयोग गरिने उनको भनाई थियो। ‘विशेषतः चीन र भारतसँगको सम्बन्धलाई लिएर हामीकहाँ गम्भीर बहस हुने गरेको छ। दुबै मित्रराष्ट्रसँग उत्कृष्ट सम्बन्ध स्थापित गर्नु हाम्रो राष्ट्रहितमा हुनेछ। र, अन्य मुलुकसँग पनि त्यसैका आधारमा सम्बन्ध बिस्तार हुनुपर्छ। ’–मन्त्री महतले भने।
 
छिमेकीसँग सुमधुर सम्बन्ध स्थापित गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले चीन र भारतमा विशेष दूत पठाइसक्नु उनले उल्लेख गरे। 
 
फरक प्रसङ्गमा मन्त्री महतले विशेषतः खाडी मुलुकमा रहेका नेपाली दुतावासलाई कामदारमैत्री बनाइने प्रतिवद्धता जनाए। मुलुकको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको रेमिट्यान्स भित्राउने वैदेशिक रोजगारमा रहेका नेपालीलाई सघाउनका लागि सक्दो पहल गर्न दुतावासलाई छिट्टै निर्देशन दिने उनले जानकारी दिए। उनले भने, ‘खाडी लगायत अन्य मुलुक जहाँ नेपाली कामदारहरुको उपस्थिति छ। ती मुलुकमा रहेका दुतावासले कुटनीतिक सम्बन्धसँगै नेपाली कामदारको समस्या सम्बोधनलाई प्राथमिकताको सूचीमा राख्नुपर्छ। यसबारे आवश्यक निर्देशन मन्त्रालयबाट छिट्टै जानेछ।’ कामदारको सुरक्षा र उनीहरुको हित दुतावासको पहिलो प्राथमिकता हुनपर्ने उनको भनाइ थियो।
 
मुलुकको स्थायी सरकार भएकाले सबैभन्दा बढी क्रियाशिल कर्मचारीतन्त्र हुनुपर्ने उनले बताए। एउटा मन्त्रीको कार्यकाल सफल या असफल हुने कुरा भन्दा पनि विदेश नीति कत्तिको सफल हुन्छ भन्ने महत्वपूर्ण रहेको उनले जिकिर गरे। मातहतका कर्मचारीबाट आफूले रचनात्मक र सकारात्मक सहयोगको अपेक्षा राखेको उन सुनाए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ