arrow

ग्रीजम्यान र बेललाई उछिन्दै रोनाल्डो भए यूरोपियन वर्ष खेलाडी

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
Ronaldo_UEFA_FoY.jpeg
काठमाडौं। एन्टिनियो ग्रीजम्यान र ग्यारेथ बेललाई उछिँन्दै रोनाल्डो यूइएफए यूरोपियन वर्ष खेलाडी भएका छन् । खेलकुद पत्रकारहरूले गरेको मत आधारमा रोनाल्डोले एन्टेनियो ग्रीजम्यान र ग्यारेथ बेललाई पछि पार्दे युइएफए यूरोपियन वर्ष खेलाडीको अवार्ड जितेको हो । 
 
रोनाल्डोले आफ्नो क्लब रियल म्याड्रिडलाई गत सिजनको च्याम्पियन लिग जिताए भने पोर्चुगललाई ऐतिहासिक यूरो कप २०१६ को उपाधि दिलाए । 
 
रोनाल्डोको यूइएफएको यो उपाधि दोस्रो हो । उनले पहिलो पटक यो अवार्ड अन्तर्गत वर्ष २०१३-१४ को यूइएफए वर्ष खेलाडीको उपाधि जितेका थिए । रोनाल्डोले त्यसताका ब्रायन म्युनिखका दुवै खेलाडी म्यानुयल नुयर र आर्जेन रोबेनलाई पछि पार्दे उपाधि जितेका थिए । 
 
वर्ष २०१०-११ बाट सुरू गरिएको यूइएफए यूरोपियन वर्ष खेलाडीको अवार्ड दोस्रो पटक जित्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् । 
 
रोनाल्डोले ३ वटा फिफा बालन्डोर अवार्ड समेत जितेका छन् । उनले सो अवार्ड क्रमश: वर्ष २००८, वर्ष २०१३ र वर्ष २०१४ मा जितेका हुन् । 
 
रोनाल्डोले अवार्ड पाएपछि आफ्नो आधिकारिक टुइटर अकाउन्टमा खुशी व्याक्त गरेका छन् । टुइटर मार्फत रोनाल्डोले भने “यस्तो विशिष्ट अवार्ड जितेकोमा ज्याँदै खुशी र गर्व महशुस भएको छ । रियल म्याड्रिडका मेरा सबै खेलाडी मित्रहरूलाई धन्यवाद” । 
 
सन् १९८५ फेब्रुरी ५ मा पोर्चुगलको मडेरास्थित फुन्चलमा जन्मेका रोनाल्डोलाई सन् २००३ मा म्याचेष्टर यूनाइटेडले १२ मिलियन यूरोमा अनुबन्ध गरेको थियो । २००४ को एफए कप फाइनलमा रोनाल्डोले यूनाइटेडका लागि पहिलो तीन गोल गरेका थिए जसले गर्दा यूनाइटेड च्याम्पियन बनेको थियो । 
 
२००९ मा स्पेनिस क्लब रियल म्याड्रिडले म्याचेष्टर यूनाइटेडबाट रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गराउन कीर्तिमानी ८० मिलियन यूरो खर्च गरेको थियो । अहिले रोनाल्डो रियल म्याड्रिडसँगै आबद्द छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ