arrow

अष्ट्रेलियन फास्ट बलर ब्रेटलीको 'सेक्स सीन' माथि सेन्सर बोर्डको कैची

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
bret-lee.jpg.jpeg
एजेन्सी । अष्ट्रेलियन क्रिकेटर ब्रेटलीले बलिउड चलचित्र 'अनइन्डियन' मा अभिनय गरेका छन् । चलचित्रको निर्देशन अनुपम शर्माले गरेका हुन् । चलचित्रमा  ब्रेटली   र तनिष्ठा चटर्जीको 'सेक्स सीन' देखाइएको छ ।  
 
अनुगमन समितिले  चलचित्रबाट एक मिनट ८ सेकण्डको सीन हटाउन सल्लाह दिएको छ । यदि सो सुझाव मानेमा उक्त दृश्य २६ सेकेण्डको हुनेछ । कमेटीका अनुसार,  चलचित्रमा सेक्स सीन र सेक्स सम्बन्धि उच्चारण गर्न पाइने छैन । यदि निर्माताले  U/A सर्टिफिकेट लिन चाहेमा  उनले अनुगमन समितिको सल्लाह मान्न आवश्य छ ।
 
चलचित्र निर्देशकका अनुसार, चलचित्र रिलीज हुन ३ हप्ता मात्र बाकि रहेको छ ।  अनुपम शर्मा भन्छन्, 'बम्बई हाई कोर्टले सेन्सर बोर्डसँग चलचित्र 'सेन्सर’ गर्ने पावर नरहेको स्पस्ट गरिसकेको छ । यस अवस्थालाई हामिले बुझेका छौ ।' चलचित्र १९ अगष्टमा रिलिज हुदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ