arrow

सिरियामा अमेरिकी हमला, आइएसका सयौं तेल ट्याङकर ध्वस्त

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1930331662.jpeg
एजेन्सी । अमेरिकी सेनाले पूर्वोत्तर सिरियामा अतिवादी संगठन इस्लामिक स्टेट आइएसका दुई सय ३८ इन्धन ट्याङकर ध्वस्त पारेका छन् । अल असकाह र डेर अल जोर नजिकै रहेको तेल उत्पादन केन्द्र क्षेत्रमा रहेका ट्याङकर इन्धन भर्नका लागि लाइनमा थिए । 
 
अमेरिकी सैन्य अधिकारीहरुका अनुसार पहिले चालकहरुलाई चेतावनी दिइएको थियो । उनीहरु हटेपछि ट्याङकर ध्वस्त पारेको बताइएको छ । आइएसले आफ्नो कब्जामा रहेका क्षेत्रबाट तेल उत्पादन गरी अधिक कमाई गरिरहेको छ । 
 
अमेरिकी रक्षा मन्त्रालयले आक्रमणको भिडियो चाँडै जारी गरिने बताएको छ । अघिल्लो साता समेत आइएसको एक सय १६ ट्याङकर ध्वस्त पारिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जेफ डेविसले भने,‘यो आक्रमण पहिले कै आक्रमण जस्तै थियो, आक्रमणमा कुनै नागरिक मारिएको रिपोर्ट छैन ।’ 
 
आइएसविरुद्ध चलेको अभियानमा ट्याङकरलाई निसाना बनाउनु एक रणनीति भएको बताइएको छ । अमेरिकी नेतृत्ववाला गठबन्धन सेनाले २०१४ मा सिरिया र इराकमा इस्लामिक स्टेटविरुद्ध हवाई हमला सुरु गरेको थियो । फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणपछि आइएसविरुद्ध तिब्र कारबाही भइरहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ