arrow

सगुनको मिनि आईपिओ जारी, ५ हजार डलरभन्दा माथि लगानी गर्न सकिने

logo
प्रकाशित २०७३ असार १५ बुधबार
13555642_1231766220168170_1543984009_o.jpg.jpeg
काठमाडौं। ‘कनेक्ट-सेयर-अर्न’ यी तीन मुख्य नारा बोकेर उदाएको सामाजिक सञ्जाल सगुन डट कमले कम्पनीको पहिलो चरणको आईपिओ जारी गरेको छ। नेपाल लगायत विश्वका विभिन्न मुलुकहरूमा बुधबारदेखि मिनि आईपिओ जारी गरिएको सगुन नेपालले जनाएको छ। 
 
वासिङ्टन डीसीमा केन्द्रीय कार्यालय राखी शुरु भएको सगुनले अन्य सामाजिक सञ्जाल भन्दा फरक बन्दै कुनैपनि प्रयोगकर्ताले एकाउन्ट बनाएर सूचना आदान प्रदान गर्दा सगुनले प्राप्त गर्ने कूल रकमको ५ प्रतिशतले हुन आउने रकम प्रयोगकर्ता आफैंले प्राप्त गर्नसक्ने प्रावधान राखिएको पनि सगुन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बताईएको छ। 
 
यसरी जारी गरिएको मिनि आईपिओमा सहभागिता जनाउनको लागि लगानीकर्ताले कम्तिमा पाँच हजार डलर लगानी गर्नैपर्ने प्रावधान रहेको छ। सगुनले आगामी जुलाईको दोस्रो सातामा दोस्रो चरणको मिनि आईपिओ जारी गर्ने पनि जनाएको छ। 
 
अमेरिकी कानुन अनुसार जारी गरिएको मिनि आईपिओको पहिलो चरणको प्राइभेट प्लेसमेन्ट मार्फत कम्पनीले १८ लाख डलर संकलन हुँदासम्म मिनी आईपिओको म्याद रहने र सो मात्रामा रकम संकलन भएसँगै मिनी आईपिओको समय समाप्त हुने बताईएको छ। यो लगानी संकलन भएपछि जारी गरिने भनिएको दोस्रो चरणको मिनी आईपिओ पनि अमेरिकी कानून अनुसार नै जारी गर्ने पनि सगुन नेपालका मिडिया तथा जनसम्पर्क प्रमुख अजय बाबु शिवाकोटीले जानकारी दिए। 
 
नेपालमा रहेका नेपालीहरूलाई भने लगानीको लागि कानूनी बन्देज रहेपनि यो प्रवासी नेपालीको लागि खुल्ला रहने बताइएको छ। नेपालमा बसोबास गर्ने नेपालीले भने अहिले तत्कालको लागि लगानी गर्न सक्ने छैनन्। 
 
“प्रयोगकर्ताहरु माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले भोग्नुपर्ने नकारात्मक अनुभवहरु हटाउनका लागि हामी लागिपरेका छौं,’लगानीको अवसर खुल्ला गरिएपछि संस्थापक गोविन्द गिरीलाई उदृत गर्दै सगुन नेपालले भनेको छ “विश्व बदल्ने लक्ष्य लिएको हाम्रो समुहका तर्फबाट त्यस्तै उद्देश्य रहेका अन्यलाई सगुनमा सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको छ । यसको लागि कानुनी रुपमा बाटो खोलिदिएकोमा यूएस् जब्स एक्टलाई धन्यवाद दिन चाहन्छु।”
 
सगुनमा रजिस्टर प्रयोगकर्ताका लागी थुप्रै प्रकारको एप्लिकेसन रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक काम मिलाउने, मुड अनुसार कुराकानी गरिने र आफ्नो गोप्य कुराहरु सेयर गर्ने लगायतका फिचर यसमा रहनेछ। 
 
सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछन। सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै सेयर गर्न सक्नेछ। सगुनमा हट सेक्रेटको बिशेषताहरु रहेका छन् जसबाट लाईक, डिस्लाईक, सेयर वा कमेन्ट गर्न सकिनेछ। साथै सेयर गरेको सेक्रेट ट्रयाक गरेर कतिवटा देश र सहरका प्रयोगकर्ताले हेरे भनेर जान्न सकिनेछ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ