arrow

निषेधाज्ञापछिको हुम्ला (फोटो फिचर)

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
humla-1620220975.jpg

हुम्ला । केही दिन अगाडि ग्रिन जोनको लिस्टमा रहेको हुम्ला पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि मङ्गलवार राति देखि जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति हुम्लाले जारी गरेको निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन भएको देखिएको छ । 

No description available.

निषेधाज्ञा पछि सिमकोट बजार सुनसान हुँदा सदरमुकाम सिमकोट बजारका चोक चोकमा सुरक्षा कर्मीबाहेक कोही पनि देखिएका थिएन ।

निषेधाज्ञा कोही कसैलाई बाहिर निस्कन समेत जारी भए पछि अति आवश्यक काम बाहेक कसैलाई बाहिर निस्कन नदिने निर्णय अनुसार बिहानै देखि जिल्लाका विभिन्न स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । 

No description available.

अत्यावश्यक काम लिएर आउने बाहेक अरूलाई बजार त के घरको ढोकाबाट सुरक्षाकर्मीले बाहिर पनि आउन दिएको छैन । 

जिल्लामा निषेधाज्ञा जारी भएको भए पनि बिहान ७ बजेदेखि १० बजेसम्म दैनिक उपभोग्य वस्तुको खरिदका लागि बजार खुला गर्ने भनिए अनुसार बजारमा आएका व्यक्तिहरूलाई समेत सुरक्षाकर्मीले पिन आएको, कहाँ जाने, केका लागि जाने जस्ता कुराको सोधपुछ गरिरहेका थिए ।

No description available.

जिल्लामा जारी गरिएको निषेधाज्ञालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हुम्ला प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्मा आफै बजारमा खटिएका थिए ले भने पहिलो दिने जिल्लाभर निषेधाज्ञाको कार्यान्वयन भएको डिएसपी शर्माले बताए । 

जिल्लाका विभिन्न स्थानमा भएका प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीहरुले गाँउ गाँउबाट सिमकोट जान लागेका स्थानीयलाई रोक लगाएको अदा चुलीबाट श्रीनगरका स्थानीयवासी धनराज धामीले जानकारी दिए ।

No description available.

कोरोना सङ्क्रमण बढ्न नदिन र यसको रोकथामका लागि जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको जिल्ला भरि कार्यान्वयन भएको जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ