माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
981
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केही बेरअघि सम्पन्न स्थायी कमिटी बैठकमार्फत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
माओवादी केन्द्रले ३ फागुन २०७४ मा एमाले नेतृत्वको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको थियो ।प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्मा विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।