arrow

‘खुट्टामा पिसाब फेरेर हुने तातो क्षणिक हो’ –चित्रबहादुर केसी  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्रको प्रतिगमनलाई काँध थाप्नेले आफ्नो पार्टीको साथ नपाउने स्पष्ट पारेका छन् । गण्डकी प्रदेशमा गत बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने समयको प्रतिक्षा हुँदै गर्दा आफ्ना सांसद बेपत्ता भएको घटनाबारे स्पष्ट पार्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई साथ दिने मुख्यमन्त्रीलाई जनमोर्चाले साथ नदिने स्पष्ट पारेका हुन् । 

उनले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा आफ्ना सांसदले बेपत्ता भएको बारेमा जानकारी दिने र त्यसबारेमा छानबिन गरिने बताउँदै भने, ‘यसको छानबिन हुन्छ तर प्रतिगमनलाई काँध थाप्नेले हाम्रो साथ पाउँदैन ।’

जनमोर्चा फेरि नेकपा एमालेको सरकार बचाउन मिल्न थालेको हो त भन्ने प्रश्नमा उनले भने, ‘म त सबैसँग मिल्ने गर्या छु पहिलेदेखि । नेपालको संसदले राजनीतिको खेल खेल्यो कि के हो त्यो त थाहा भइहाल्छ । सांसदले जे भने उनैले जानून् । हावापानीको शरीर जे पनि हुन सक्छ । प्रतिगामीका मतियारहरु सत्तामा बस्न पाउँदैनन् । पार्टीको निर्देशन सांसदले मान्छन् ।’

उनले आफ्ना सांसद अस्पतालमा बसेको बारेमा भने, ‘सांसदलाई किन अस्पतालमा राखियो त्यो बारेमा छानबिन हुन्छ । सांसदले गलत गरे निर्वाध कारबाही गर्छौं ।’

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावको मतदान टरेपछि उनको सत्ता पनि लम्बिएको र दीपक मनाङे भनिने राजीव गुरुङलाई मन्त्री बनाएपछि थप सुरक्षित भएका हुन् त भन्ने प्रश्नमा नेता केसीले भने, ‘खुट्टामा पिसाब फेरेर हुने तातो क्षणिक हो ।’

अध्यक्ष केसीले मुख्यमन्त्री गुरुङ कुनै पनि हालतमा मुख्यमन्त्रीमा रहिरहनु नहुने पनि स्प्ष्ट पारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ