arrow

संसद्‌मा विपिन जोशी रिहाइका लागि भइरहेको पहलबारे जानकारी गराउन माग [भिडियो]

विपिनको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ?- चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
bipin-joshi-file.jpg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरे पनि सरकारले औपचारिक जानकारी नदिएको बताए । उनले जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै प्रश्न समेत गरे ।
 
उनले भने, ‘इजरायल र हमासको बिचमा जुन द्वन्द्व भयो त्यसबाट पचासौँ हजार मान्छे मरे । दुईपक्षबीच शान्ति सम्झौता भएपछि कयौँ देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए । तर कञ्चनपुरका विपिन जोशी को अत्तोपत्तो छैन । यसबारे सरकारले संसद्लाई जानकारी गराउनु पर्दैन ? बाहिर बाहिर सुनिन्छ ,उहाँ जिउँदै हुनुहुन्छ भन्ने । सरकारले जिउँदै हुनुहुन्छ भनेर मात्र जिम्मेवारी पूरा हुन्न । सरकारले उहाँको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? कस्तो सङ्घर्ष गरिरहेको छ । यो संसद्लाई जानकारी होस् ।’

७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ