arrow

प्रतिनिधि सभा

‘म संघीय प्रणालीको विरोधी होइन, तर नेपालमा सम्भव छैन’: चित्रबहादुर केसी 

प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
chitra-bd-kcs.jpg

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको स्पष्ट पारेका छन्। शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालमा संविधान निर्माण गर्दा संघीयता खुसीराजीले स्वीकार नगरिएको दाबी गरे।

केसीले अहिले नेपाली जनतालाई प्रदेशको आवश्यकता नभएको बताए। उनको भनाइ थियो, "प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको थियो।" कुनै पनि प्रणाली राष्ट्रको हितमा नभए खारेज गर्नुपर्नेमा उनले जोड दिए।

आफूलाई संघीयता विरोधी भनिने गरे पनि त्यो गलत रहेको उनको तर्क छ। उनले भने, "म किन हुने संघीयता विरोधी? नेपालमा संघीयता सम्भव छैन। यसको आवश्यकता छैन भन्नु र संघीय प्रणालीको विरोध हुने एउटै कुरा हो? यो गलत।"

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तहलाई बलियो बनाउनुपर्ने सुझाव पनि दिए। उनको यो भनाइले संघीयताको कार्यान्वयन र यसको वित्तीय भारमाथि गम्भीर प्रश्न उठाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ