arrow

कर्णालीमा थप तीन संक्रमितले गुमाए ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
karnali-province-corona-covid.jpg

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ  । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एक जना रहेका छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुई जना कोरोना संक्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले जानकारी दिए ।

उनका अनुसार भेरीगङ्गा नगरपालिका-४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका-१३ का ५३ वर्षीय दुई जना पुरुषको मृत्यु भएको हो ।भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए ।

त्यस्तै, दैलेखमा नारायण नगरपालिका-१ दैलेखका ७५ वर्षीय कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।

तीन जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ