arrow

‘कानून कौसीमा जुँगामा ताउ लगाउँदै महंगी र भ्रष्टाचारलाई हुक्का बनाउनीसँग लहसिएको छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कोरोना भाइरसको महामारीका बेलामा पनि सरकार गैरजिम्मेवार बनेकोप्रति आक्रोश व्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमा शुक्रबार बिहान कोरोना महामारी रोक्न नसकेको सरकारले यही विपद्को मौका छोपेर महंगी र भ्रष्टाचार बढाएको भनी आक्रोश पोखेका हुन् । 

उनले लेखेका छन्, ‘चीन हुँदै विश्व भ्रमणमा  निस्किएको कोरोनाले भारत हुँदै नेपालमा दोश्रो पटक मानिसमाथि दाही लगाइरहेको छ । सरकार पार्टीभित्रको  द्वन्द्वमा पौडी खेल्दैछ । देश र जनताको अप्ठेरोलाई अनुकुल ठानी जनताको गला थिच्ने महंगी र भ्रष्टाचार सफल छन् ।’

डा. भण्डारीले आपत्को बेलामा पनि राज्यका संयन्त्रहरु कमजोर देखिएकोसमेत लेखेका छन् । उनी अगाडि लेख्छन्, ‘राज्यका संयन्त्र कमजोर देखिएका छन् । जिम्मेवार पक्षले समय र आवश्यकतालाई पहिचान गर्न नसक्दा  आदेश र अनुरोध मान्ने पक्ष उदासिन छन् ।’

उनले कोरोनाका कारण बिरामीहरु विचल्लीमा रहे पनि कानूनले समेत बेवास्ता गरेको भन्दै भ्रष्टाचारीहरुलाई साथ दिएको आरोपसमेत लगाएका छन् ।

उनी लेख्छन्, ‘त्यसैमा गाँजिदै छ कोरोना । जनतालाई हस्पिटलमा शैया र अक्सिजनको अभाव हुँदैछ । बिरामी बिच्चलीमा छन् । कानून कौसीमा जुँगामा ताउ लगाउँदै महंगी र भ्रष्टाचारलाई हुक्का बनाउनीसँग लहसिएको छ ।’

विपद्का बेलामा संसद समेत बन्द भएको भन्दै उनले अन्त्यमा लेखेका छन्, ‘जनता कोरोनाको डरमा निसासिएका छन् । जनताको संसद बन्द छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ