arrow

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डको काँधमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
dahal-gi-nya-a.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन् । लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भन्ने अधिकार अध्यक्ष दाहालले लिन सक्ने अधिकार दिएको हो ।

स्थायी कमिटीले अध्यक्ष दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिन सक्ने गरी अधिकार दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले नेकपामा एकीकृत भएका एमाले र माओवादी केन्द्रलाई अलग पार्टी बनाइदिए पछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए पनि अहिलेसम्म निर्णय भने गरेको छैन ।

नेकपामा रहँदै ओलीसँग दूरी बढेको दाहालले ओली नेतृत्वको सरकार हटाएर अरु दलको नेतृत्वमा सरकार बनाउने प्रयास गरे पनि सफल भएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ