arrow

प्रदेशभर सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
karnali-pradesh-map.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैते दशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णालीमा चैते दशैँलाई अन्य चाडपर्व झैँ उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेश अन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ । 

प्रदेश सरकारले चैते दशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ