arrow

राहुल गान्धी चुनावी र्‍यालीमा सहभागी नहुने

logo
एएनआई,
प्रकाशित २०७८ वैशाख ५ आइतबार
indian-congress-rahul.jpg

नयाँ दिल्ली। भारतीय काँग्रेसका नेता राहुल गान्धीले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्‍यालीहरूलाई स्थगित गरेका छन्। कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी आफूले सबै र्‍यालीहरू स्थगित गरेको र यसबारे अरू पार्टीका नेताहरूलाई पनि सोच्न आग्रह गान्धीले गरेका हुन्।

विपक्षी नेता गान्धीले ट्वीट्र सन्देशमा भनेका छन्, “कोभिडका कारण सिर्जित अवस्थालाई मध्यनजर गर्दै पश्चिम बङ्गलामा हुने मेरा सबै र्‍यालीहरू रद्द गरेको छु। म अरू पार्टीका नेताहरूसँग पनि अपिल गर्छु कि यस्तो अवस्थामा हुने र्‍यालीहरूका कारण निम्तन सक्ने अवस्थालाई गम्भीर बनौँ।”

पश्चिम बङ्गाल विधान सभा चुनाव अन्तर्गत पाँचौँ चरणको मतदान भइसकेको छ। अझै तीन चरणको चुनाव हुन बाँकी छ। कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढिरहेको भए पनि विभिन्न पार्टीका नेताहरूले दैनिक जसो चुनावी सभा तथा र्‍यालीहरू गर्दै आएका छन्।

शनिवार भाजपाको तर्फबाट राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री मोदीले अप्रिल २२ र २४ मा उक्त राज्यको भ्रमण गर्ने तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ