arrow

सिद्धुले राहुल र प्रियंकालाई भेटेपछि  भने, ‘एक इन्च पनि पछि हट्दिन’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
rahul-priyanka-siddhu.jpg

नयाँदिल्ली । ३५ वर्ष पुरानो रोड रेज मुद्दामा जेलबाट बाहिर आएका नवजोत सिंह सिद्धुले बिहीबार राहुल गान्धी र पार्टी महासचिव प्रियंका गान्धीसँग भेट गरेका छन् ।

सो भेटपछि सिद्धुले भनेका छन् कि उनलाई फेरि पनि जेलमा हाल्न सकिएला, धम्की दिन सकिएला तर पञ्जाब र पार्टीका नेताहरूको बारेमा आफ्नो संकल्पबाट भने पछि हट्ने छैन ।

सिद्धुले राहुल र प्रियंकासँगको भेटको तस्विर ट्वीट गर्दै भनेका छन्,  ‘नयाँ दिल्लीमा गुरु राहुल जी र मित्र दार्शनिक प्रियंका गान्धीलाई भेटेँ। तपाई मलाई जेलमा हाल्न सक्नुहुन्छ, डराउन सक्नुहुन्छ । तपाई मेरो सबै खाताहरू ब्लक गर्न सक्नुहुन्छ तर पञ्जाब र मेरा नेताहरूको लागि मेरो संकल्प एक इन्च पनि पछि हट्ने छैन ।’ 
 
भारत सरकारले विपक्ष दलका नेता राहुल गान्धीमाथि धरपकड गरेको भाष्य निर्माण भइरहेको बेला सिद्धुको यो ट्विटको राजनीतिक अर्थ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

स्मरण रहोस् कि सिद्धु सन् १९८८ को रोड रेज मामिलामा १ अप्रिलमा ३१७ दिन जेल बसाईपछि पटियाला जेलबाट रिहा भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ