arrow

राहुलविरुद्ध अर्को मानहानि मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
rahul-gandhi-new-2023.jpg

काठमाडौं ।  कंग्रेस आईका नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानि मुद्दा परेको छ ।  भारतीय जनता पार्टी (भाजपा) का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेको विषयलाई लिएर मानहानि मुद्दा परेको हो ।

भारतीय कंग्रेस नेता  गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भाजपा नेता शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले मुद्दा दायर गरेका थिए ।

नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्न सक्छ, कंग्रेसमा यो सम्भव छैन ’ भनेका थिए । यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो भने त्यसलाई चुनौती दिँदै उनले उच्च अदालतमा आवेदन गरेका थिए । तल्लो अदालतको सूचना खारेजीको माग आवेदनमा गरिएको थियो । 

 सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भाजपा पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानि मुद्दा दायर गरेपछि उनलाई अदालतले सजाय सुनाएको थियो ।  

 झारखण्ड उच्च अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ ।   न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पेश गर्न आदेश दिइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ