arrow

राहुल गान्धीको सांसद पद सर्वोच्च अदालतबाट पुनर्बहाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १९ शुक्रबार
rahul-gandhi4.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय सर्वोच्च अदालतले भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली गरेको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायलाई सुनुवाएको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको छ । 

राहुल गान्धीलाई ‘मोदी’ सरनेम मुद्दामा जिल्ला अदालतले दिएको फैसला कार्यान्वयन नगर्नसर्वोच्च अदालतले आदेश दिएको हो । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा सुरत अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाउँदै सांसद पदबाट हटाएको थियो । 

तर शुक्रबार सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाण बिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । 

साथै सर्वोच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्याउनसमेत भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ