arrow

समाज र सामाजिक सोचप्रति डा. भण्डारी चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले मुलुक नकारात्मक दिशातिर गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक संजाल फेसबुकमा आइतबार बिहान उनले ‘आजको समाज र सामाजिक सोँच कता जाँदै छ ? हामी सकारात्मक र सृजनशील विचारबाट किन बहकियौँ ?’ भनी प्रश्न गरेका छन् । 

उनले अगाडि लेखेका छन्, ‘नकारात्मक सूचना र कुराले किन र कस्तो सन्तुष्टी दिइरहेको छ, सडकदेखि भट्टीमा बसेर अरुका कुरा काटेर नथाक्ने, तन्तु छुटेका, कमजोर मनस्थिति र हीनताग्रन्थीले ग्रस्त नररूपी  प्राणी धेरै भेटिन्छन् ।’ 

असन्तुष्टि पोख्ने क्रममा नेता भण्डारीले लेखेका छन्, ‘अरुका गुणहरुको पनि प्रशंसा गर्दै आफ्नो मत राख्ने कम भेटिन्छन् । त्यसैले त साइकाटिस हस्पिटलहरू खोलिएका  ।  बिरामी बिरामी नै हुन् ती जसमा समय र समाजसापेक्ष सृजनशीलता छैन र उल्टो गतीमा छन् ।’

उनले लेखेका छन्, ‘अझ जसले विना तर्क टाउको हल्लाएर हो मा हो मिलाउनेहरु झन् साँच्चिकै  मनोरोगी नै हुन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ