arrow

'लाल किल्ला' को नारा २४ घण्टामै भत्कियो, पत्रकार महासङ्घका निवर्तमान अध्यक्षले गरे पार्टी अध्यक्षलाई निलम्बनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
rukum-fnj.jpg

रुकुम । चैत २४ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिमा रुकुम पश्चिममा पार्टीको विशाल सभा सम्पन्न हुँदा व्यक्त गरिएको ‘रुकुम माओवादीको लाल किल्ला’ भन्ने नारा २४ घण्टा बित्न नपाउँदै भत्किएपछि रुकुमको माओवादी सर्कलमा खैलाबैला मच्चिएको छ ।

२५ गते भएको पत्रकार महासङ्घको चुनावमा काँग्रेस निकट प्रेस युनियनले नेतृत्व हत्याएपछि माओवादीको भातृ सङ्गठनको मार माउ पार्टीमा देखिन थालेको छ । माओवादी निकट प्रेस सङ्गठनको नेतृत्वको हारपछि शनिवार नेपाल पत्रकार महासङ्घ रुकुम शाखाका निवर्तमान अध्यक्ष गणेश विकले नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला अध्यक्ष गोपाल शर्मालाई निलम्बनको माग गरेका छन् ।

पत्रकार महासङ्घको चुनावमा पार्टी निकट प्रेस सङ्गठनले हारेको र जसको कारण पार्टीको नेतृत्व रहेको आरोप लगाउँदै सार्वजनिक रूपमा पार्टी अध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेर छानबिन गर्नुपर्ने माग राखेका छन् ।

प्रेस सङ्गठनको एक्लो तागतले जित्नुपर्ने अवस्था हुँदाहुँदै हार्नुपर्ने अवस्था पार्टी नेतृत्वकै षड्यन्त्रले भएको उनको आरोप छ । उनले पार्टीका पोलिटव्युरो सदस्य जनार्दन शर्मालाई यस विषयमा ध्यानाकर्षण गराउँदै पार्टी अध्यक्षको हैसियतबाट गोपाल शर्मालाई अनललाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् ।

माओवादी पार्टीकै कार्यकर्ता समेत रहेका गणेशले पार्टी सङ्गठन भित्र अरूको अस्तित्व नस्विकार्ने, आफू मात्रै जान्ने कहलिने, अरूको विचारलाई सधैँ निशेध गर्ने, क्षमताको कदर नगर्ने, जनार्दन पछिको उत्तराधिकारी आफूलाई ठान्ने, जनार्दनलाई गलत रिपोर्ट दिएर राष्ट्रिय रूपमा विवादित बनाउने लगायतका गम्भीर आरोप जिल्ला अध्यक्ष माथि लगाएका छन् । उनले पत्रकार महासङ्घको निर्वाचन प्रक्रियामा अन्तर्घात गरेर हराएको आरोप पार्टी अध्यक्ष माथि लगाएका छन् ।

पत्रकार महासङ्घको नयाँ नेतृत्वमा प्रेस युनियनका लक्ष्मण केसी अध्यक्ष र प्रेस चौतारीका हिरा परियार सचिवमा विजयी भएका छन् भने अन्य पदहरूमा मिश्रित परिमाण आएको छ । रुकुममा पत्रकार महासङ्घको स्थापना भएयता पहिलो पटक प्रेस युनियनले नेतृत्व पाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ