यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन : प्रदीप पौडेल
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
446
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विधि-विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य नहुने बताएका छन् ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि त्यसअगाडि नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन अन्त्य गरिदिएपछि पौडेलले विहीबार सामाजिक संजालमार्फत आक्रोश ब्यक्त गरेका हुन् ।
उनले लेखेका छन्,‘विधि-विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन। एउटा सन्कीको दास भएर यो देश चल्न सक्दैन ।’
नेता पौडेलले लेखेका छन्, ‘काम गर्नपनि नसक्ने,अविश्वासको प्रस्ताव सुन्नै नहुने, अल्पमतमा परेपछि कोही संसद भङ्ग गर्ने कोही अधिवेशन अन्त्य गर्ने । अझै जालझेल गरेर कति दिन भाग्ने ? विधि-विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन। एउटा सन्कीको दास भएर यो देश चल्न सक्दैन ।’