arrow

कांग्रेस पदाधिकारी बैठकका तीन एजेण्डाः सरकार भन्दा महधिवेशनतर्फ ध्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
congress-party-offfice_1618126234.jpg

काठमाडौं । १४ औं महाधिवेशनका विषय र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्न भन्दै नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कहेी बेरमा सुरु हुने बैठकमा सरकार गठनका विषयमा भन्दा बढी पार्टीको महाधिवेशनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

‘१४औं महाधिवेशनका मुद्धामा बैठक बढी केन्द्रित हुन्छ, बैठकमा सरकार गठनको विषयका बारे दलहरुबीच भएका संवादले पनि प्राथमिकता पाउला मुख्य जोड महाधिवेशनतर्फ नै हो,’ कांग्रेस सभापति देउवा निकट एक नेताले भने ।

कांग्रेसले आगामी भदौका लागि पार्टीको १४औं महाधिवेशन तोकेको छ भने हाल क्रियाशिल सदस्यता वितरण र नविकरणको काम जारी राखेको छ ।

कांग्रेसले तोकिएको समय गत चैत मसान्त भित्र क्रियाशिल सदस्यता वितरण र नविकरणको काम सक्ने लक्ष्य लिएको भए पनि महाधिवेशनका लागि सबै भन्दा महत्वपूणर् मानिएको सो काम अझै सकेको छैन ।

पछिल्लो पटक कांग्रेसले सदस्यता नविकरण र वितरणको म्याद पुनः बढाइसकेको छ भने अधिकांश जिल्लाहरुबाट क्रियाशिल सदस्यहरुको विवरण अनलाइन प्रणालीमा इन्ट्री गर्ने काम भइरहेको छ । कांग्रेसले हालसम्म ५ लाख ३५ हजार ३ सय ४९ जना सदस्यको नाम अनलाइन प्रणालीमा इन्ट्री गरेको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा क्रियाशिल सदस्यता, नयाँ सरकार गठन प्रक्रियाका बारेमा भइरहेका छलफल र सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका विषयमा छलफल हुने जानकारी दिए । 

यसैगरी कांग्रेसको निर्वाचन समितका संयोजक पदबाट राधेश्याम अधिकारीले राजीनामा दिएका कारण आजकै बैठकबाट सो स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी तोक्ने सम्भावना छ । बैठकले सोमबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डासमेत तय गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ