arrow

सरकारले जनतालाई झुक्याउने काम गरिरहेको छ : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २९ आइतबार
prakashman111.jpg

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् ।

अदालतले संसद पुनःस्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने संसदीय ब्यवस्थालनै गलत हो भनेर जनतामा स्थापित गराउन संसदको उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बढेको सिंहले बताए ।

प्रधानमन्त्री ओलीलाई संसदमा उभिएर आफ्नो प्रयास सकारात्मक थियो वा संसद विघटन जायज हो भनेर स्पष्टिकरण दिन चुनौति समेत दिएका छन् । विभिन्न वहानावाजी गरेर संसद छल्न संसदको आवश्यक्ता नै छैन भन्दै हिंडेकोप्रति पनि कडा आपत्ति व्यक्त गर्दै संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई उनले आग्रह गरे ।

नेपाल दलित संघको आयोजनामा आइतबार काठमाडौंमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको बिकास गर्यौं भनेर सरकारले जनतालार्इ झुक्याउने गरेको बताएका हुन् ।

नेता सिंहले कम्युनिस्टहरुको ‘मुखमा रामराम बगलीमा छुरा’ हुने गरेको पनि बताए । मुखले धेरै नै काम गरेको भन्ने तर वास्तविकतामा त्यो नभएको उनको भनाइ थियो ।

देशलाइ संकट पर्दा नेपाली काङ्ग्रेसले संधै देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि काङ्ग्रेसकै आफ्नो नेतृत्वको सरकार निर्माणको प्रयास गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ