arrow

माओवादी केन्द्र आफैं अलमलमा : सरकारलाई दिएको समर्थन फिर्तामा अनिर्णीत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १९ बिहिबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौं। प्रधानमन्त्री पदबाट केपी ओलीलाई बिदा गरेर नयाँ सरकार बनाउने कसरतमा अन्य दलसँग छलफलमा जुट्दै आएको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेमा अनिर्णीत बनेको छ । 

प्रमुख प्रतिपक्षी दल कांग्रेससहित जनता समाजवादी पार्टीसँग ओली सरकारको विकल्प बारे संवादमा जुट्दै आइरहेको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता बारे अझै ठोस निर्णयमा पुग्न नसकेको हो । 

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीको अनौपचारिक स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भनिए पनि सो बारे तत्काल कुनै निर्णय नै नभई टुङ्गिएको छ । 

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय भई नसेको बताए । उनले केही दिनमा पुनः बस्ने स्थायी कमिटीको बैठकले सो बारे औपचारिक निर्णय गर्ने जानकारी दिएका हुन् । 

वर्तमान सरकारको विकल्प खोज्ने कुरामा आफूहरू प्रष्ट रहेको भन्दै श्रेष्ठले सर्मथन फिर्ताअघि सबै राजनीतिक पार्टीसँग छलफल गरिने जानकारी दिएका हुन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक अवस्था र दलहरूका बीच भइरहेका संवादका बारे जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ