arrow

 प्रचण्डले भनेः ‘राजनीतिक काम अदालतले गर्‍यो, त्यो सच्याउनेछ'(पूर्णपाठ)

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
prachanda23.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसलालाई सर्वोच्च अदालतले चाँडै पुनरावलोकन गर्ने विश्वास ब्यक्त गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध मंगलबार पुनरावलोकनको निवेदन दर्ता गराएपछि प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

‘एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले सच्याउनेछ भन्ने हामीलाई विश्वास छ,’ प्रचण्डले भने,‘नाम मात्रै करेक्सन होस् भन्ने निवेदकको माग थियो । निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पक्कै पनि पुनरावलोकन गर्छ ।’

पुनरावलोकनका लागि अदालत पुगेका उनले संचारकर्मीहरुसँग भने ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्‍यो, त्यो सच्याउनेछ ।’

सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो ।

पुनरावलोकनका लागि अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार सर्वोच्च अदालत पुगेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ