arrow

मुलुकलाई निकास दिने र नेतृत्व गर्ने विषयमा सधै तत्पर— आङदेम्बे 

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
congress-panchthar.jpg

पाँचथर । नेपाल शिक्षक संघ पाँचथरको २२ औं जिल्ला प्रतिनिधि सभा सदरमुकाम फिदिममा सम्पन्न भएको छ । सभाको नेपाली कांग्रेसका अनुशासन समिति संयोजक पार्टीका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले उद्घाटन गरेका थिए । 

सभालाई सम्वोधन गर्दै उनले नेपाली कांग्रेस सत्तामा जान नहतारिएको तर मुलुकलाई निकास दिने र नेतृत्व गर्ने कुरामा सँधै तत्पर रहेको बताए । 

संविधान रक्षाको लागि पार्टी एकढिक्का भएर अघि बढेको उनले बताए । वैज्ञानिक, ब्यवसायिक र जीवन उपयोगी शिक्षाबाट मात्र बेरोजगारीको समस्या समाधान हुन सक्ने उनले बताए । उनले त्यसका लागि काग्रेस बाहेक अन्य शक्तिले बेरोजगारी समस्या निराकरण गर्न असफल रहेको बताए ।

 कार्यक्रममा कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङ, पार्टी जिल्ला सचिव  तथा नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष रुपनारायण जवेगु, नेपाल शिक्षक संघका संघिय सदस्य खड्गबहादुर थापा, संघका प्रदेश सदस्य सुरेन शिशिर केरुङ, ट्रेड युनियन कांग्रेस पाँचथर अध्यक्ष एकराज भण्डारी, नेपाल शिक्षक महासंघ जिल्ला सचिव दुर्गा खत्री, नेपाल शिक्षक महासंघ उपाध्यक्ष नरेन्द्र सम्हाम्फे, नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष लवदेव ढुंगाना, नेपाल शिक्षक संघ फिदिम नगर अध्यक्ष लक्ष्मी भण्डारी, नेपाल शिक्षक संगठन जिल्ला सचिव जिवन न्यौपाने, अखिल नेपाल शिक्षक संगठन अध्यक्ष नारायण कार्की लगायतले मनतब्य ब्यक्त गरेका थिए ।
संगठनमा उत्कृष्ट काम गरेको भन्दै नेपाल शिक्षक संघ फिदिम नगर समिति अध्यक्ष लक्ष्मी भण्डारी र नेपाल शिक्षक संघ तुम्बेवा अध्यक्ष अमरबहादुर सम्हाम्फे लाई कदरपत्र सहित सम्मान गरिएको थियो । 

यस्तै गत ०७६ सालको अंकमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने पृथ्वी मावि यासोकका सविन बोहोरा र फिदिम माविका छात्रा पुनम शाहलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । 

संघका जिल्ला अध्यक्ष विरेन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघकीउपाध्यक्ष रचना नेम्बाङले स्वागत मन्तब्य दिएकी थिइन् । कार्यक्रमको संचालन संघका सचिव जय बास्कोटाले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ