arrow

कर्णाली प्रदेश सरकार अल्पमतमा

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता 

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ चैत ४ बुधबार
karnali-prade.jpg

काठमाडौं। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । 

एमालेले सो प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको थियो । समर्थन फिर्ता लिने एमालेको निर्णयसँगै कर्णाली प्रदेशमा शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए । दलको बुधवार को बैठकमा बैठकमा एमालेका २० मध्ये १० सांसद मात्र सहभागी थिए ।

सो प्रदेशको प्रदेश सभामा कूल ४० सांसद छन् भने सरकार बनाउन २१ मत आवश्यक पर्छ । यहाँ एमालेबाट २०, माओवादी केन्द्रबाट १३, काङ्ग्रेसबाट ६ र राप्रपाबाट १ जना सांसद प्रदेश सभामा निर्वाचित बनेका थिए । 

अब कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसँग माओवादी केन्द्रका मात्रै सांसद रहने छन् । उनलाई आफ्नाले साथ नछाडेमा सरकार जोगाउन आठ मत आवश्यक पर्छ । यो संख्या कांग्रेस र राप्रपा मिल्दासमेत पुग्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ