arrow

प्रधानमन्त्री ओलीलाई सत्ताबाट निकालेपछि मात्रै मुलुकले निकास पाउँछ : नेता पौडेल

logo
हरि पन्त,
प्रकाशित २०७७ चैत ३ मंगलबार
ramchandra-poudel-kaski.jpg

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट निकालेपछि मात्रै मुलुकले निकास नपाउने बताएका छन् । उनले ओलीलाई फाल्नु नै अहिलेको उत्तम विकल्प भएको भन्दै यति गरिए मुलुकले सही दिशा लिने स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीलाई बर्माको सैनिक शासकको संज्ञा दिँदै नेता पौडेलले नेपालमा पनि त्यस्तै शासन चलाउन ओली उद्धत रहेको आरोप लगाए । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजित पत्रकार सम्मान कार्यक्रममा नेता पौडेलले मुलुक चरम सङ्कटमा पर्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता र रहस्यमय मौनताप्रति आफूलाई आशङ्का लागेको समेत बताए ।

सभापति देउवाको मौनताले नै मुलुक अनिर्णयको बन्दी बनेको उनको आरोप छ । सभापति देउवाको ढुलमुले पाराले झनै समस्या निम्त्याउने भन्दै उनले अब कांग्रेस दोधारमा नबसी दह्रोसँग निर्णय लिएर कांग्रेसले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । 

अब सबै पार्टी एकै ठाउँमा आएर केपी ओलीको विकल्प खोज्नुपर्ने नेता पौडेलको जोड छ । साथै नेता पौडेलले मुलुकलाई सही ढंगले चलाउने पार्टी कांग्रेसबाहेक अन्य हुन सक्ने ठोकुवा समेत गरे ।

नेता पौडेलले वर्मामा सैनिक शासकले सत्ता कब्जा गरेर मानव अधिकार उलङ्घनका घटना घटाएकोप्रति आपत्ति प्रकट समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य कुमार खड्का, कास्की सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता भोला बराल, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सम्मानित पत्रकार हीमनीधि लौडारीलगायतले बोलेका थिए । 

युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।

पोखराका पत्रकार हीमनीधि लौडारी पुरस्कृत
पोखराका पत्रकार हीमनीधि लौडारी पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित, कांग्रेस नेता भोला बरालको परिवारजनद्धारा स्थापित पूर्णचन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत भएका हुन् ।
पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । पत्रकार लौडारीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।

को हुन् पत्रकार लौडारी ?
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक रमेश पौडेलका अनुसार पुरस्कृत पत्रकार लौडारी २०४८ सालदेखि पत्रकारितामा सक्रिय छन् । बहुप्रतिभाशाली पत्रकारको रूपमा परिचित लौडारी तनहूँ चिसापानी अर्थात् भानु नगरपालिका वडा नं. १० निवासी हुन् । 

उनले पोखराको आदर्श समाज, जनमत दैनिक, पोखरेली दैनिक, दि हिमालय टाइम्स, उज्यालो नेटवर्क हुँदै हाल रेडियो तरंग र हिमदूत दैनिकका सञ्चालक हुन् । उनी २०५६ मा ट्रान्सपरेन्सी इन्टरनेशनल पुरस्कार र नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन गरेको गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका थिए । 

विद्यार्थी जीवनमा नेविसंघको सभापति भएर काम गरेका हीमनीधि प्रजातन्त्रवादी पत्रकारको रूपमा परिचित छन् ।रमेश पौडेल संयोजक, भेला बराल, विमला भण्डारी, नवीन सिग्देल, प्रदीप पौडेल र कुशल बराल सदस्य रहेको छनोट समितिले लौडारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ