arrow

नेपालमा अधिकार बढी भएर पोखिइरहेको छ, बर्मामा अधिकारको खोजी भैरहेको छ – डा. भण्डारी

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले नेपालमा अधिकार बढी भएर पोखिइरहेको बताएका छन् । बर्मामा पछिल्लो समय सैनिक शासकबाट गरिएका हत्या र दमन मानवताविरोधी भएको उल्लेख गर्दैै नेता भण्डारीले नेपालमा अधिकार बढी भएर पोखिइरहेको र बर्मामा अधिकारको खोजी भैरहेको बताएका हुन् । 

सामाजिक संजालमा आफ्नो विचार राख्ने क्रममा नेता भण्डारीले लेखेका छन्, ‘२१औं शताब्दीमा अधिकारको माग गर्दा मारिनु दुःखद पक्ष्य हो । मौन बस्नु हुँदैन । बर्मेली जनताको सहयोगको लागि कलम चलाउनु पर्दछ ।’

उनले अगाडि लेखेका छन्, ‘इतिहासले प्रमाणित गरेको छ अन्ततः जनताको नासो जनतालाई सुम्पिनु नै पर्दछ । कस्तो विडम्बना नेपालमा अधिकार बढी भएर पोखिइरहेको छ । बर्मामा अधिकारको खोजी भैरहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ