arrow

प्रहरी देखेर भीरबाट हाम्फालेको फरार चोर नियन्त्रणमा 

logo
प्रकाशित २०७७ चैत २ सोमबार
chor-uddar.JPG

काठमाडौं । नेपाल प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी देखेर पक्राउ परिने डरले भीरबाट हाम्फालेको चोरलाई प्रहरीले आइतबार (चैत १ गते) नियन्त्रणमा लिएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले प्रेस विज्ञप्ति जारी गरी यसबारेमा जानकारी दिएका हुन् । विज्ञप्तिमा प्रहरीले कसरी उक्त अभियुक्तलाई नियन्त्रणमा लिन सफल भयो भनी उल्लेख गरेको छ । 

यस्तो छ प्रेस विज्ञप्ति               
 मिति २०७७र१२र०१ गते 

फरार अपराधी प्रक्राउ गर्ने क्रममा मर्छू भनि भिरमा रुखवाट हामफाल्न लाग्दा उद्धार गरि नियन्त्रण लिन सफल मिति २०७७–१२–०१ गते काठमाडौ जिल्ला गोकर्णेश्वर नपा ४ सुन्ताखाना वस्ने राज कुमार पण्डित क्षेत्री घरमा चेरी फरार रहेका जिल्ला मकवानपुर हाडीखोला घे भई हाल काठमाडौ जिल्ला वसुन्धरा वस्ने ३६ को खन्ति भन्ने सुकलाल वाईवालाई मनप्र वृत्त वौद्दवाट परिचालन भएको टोलीले खोजतलास गर्ने क्रममा  ऐ गते समय १३५१ वजेको का।जि। गोकर्णेश्वर नपा ४ उत्तरवाहिनी स्थित कान्ति भैरव मन्दिर नजिकै लुकिछिपि वसिरहेको अवस्थामा पक्राउ गर्न लाग्दा भागेको र प्रहरीले पछयाउदै जाने क्रममा गोकर्णको खोचको रुखमा चढी हाम फालेर मर्छु भने पश्चात वृत्त वौद्दका प्रनाउको  कमाण्डमा पुगी निजलाई हाम नफाल्न र रुखवाट आउन आग्रह गर्दा नमानेकोले घटनाको  वारेमा परिसर काठमाडौमा जाहेर गरे पश्चात परिसर काठमाडौवाट प्रनाउको कमाण्डमा टोली, विपद व्यवस्थापनको उद्धार टोली परिचालन गरीएको र आत्महत्या गर्न लागेको व्यक्तिलाई सम्झाई वुझाई सकुशल फर्काउनका लागी नेपाल प्रहरी अस्पताल मानसिक रोग विशेषज्ञ प्राप्रउ डा आशिष दत्त उक्त संकटको अवस्था जानकारी गराई  घटनास्थलमा तत्काल लगिएको । डा आशिष दत्तले आत्महत्या गर्न लागेक व्यक्तिलाई सकुसलतापूर्वक करिव १ घण्टाको काउन्सिलिङ गरे पश्चात निज व्यक्ति फर्कन मानेकोले विपद व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गई निज व्यक्तिलाई रुखवाट सकुशल उद्धार गरी माथी ल्याउन सफल भएको ।
यसरी संकटको समयमा काठमाडौ प्रहरी परिसर, वृत्त वौद्द, नेपाल प्रहरी अस्पतालका मानसिक रोग विज्ञ र विपद व्यवस्थापनको उद्धार टोली समेतको समूहगत प्रयासमा करिव ४ घण्टाको अवधिमा उक्त व्यक्तिलाई आत्महत्या गर्नवाट जोगाउ सफल भई उद्धार पश्चात  कानूनी कारवाहीको दायरामा समेत ल्याईएको जानकारी गराउदछौं ।


प्रवक्ता
प्रउ रमेश कुमार वस्नेत
मोनं ९८५१०१७२३७
महानगरीय प्रहरी परिसर काठमाडौ
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ