arrow

नेपालमा पहिलो पटक अर्बौँ मूल्य पर्ने ‘युरेनियम’ पक्राउ

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
urenium-nepal-police.JPG

काठमाडौँ ।  नेपालमा पहिलो पटक अर्बौ मुल्य पर्ने ‘युरेनियम’ बरामद गरिएको छ ।  नेपाल प्रहरीले २ किलो ९ सय ग्राम ‘युरेनियम’ सहित चार जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले काठमाडौँको बौद्ध क्षेत्रबाट २ किलो ९ सय ग्राम ‘युरेनियम’ सहित चार जनालाई पक्राउ गरेको एआइजी हरी बहादुर पालले जानकारी दिए ।

बरामद ‘युरेनियम’ को मूल्य यदि प्रशोधन गरिएको भए दुई अरब भन्दा बढी पर्ने बताइन्छ । सो पदार्थ प्रशोधन गरिएको वा नगरिएको खुलेको छैन ।

पक्राउ पर्नेहरूमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् ।

पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ