arrow

अन्तर्राष्ट्रिय महिला दिवस

कांग्रेसमा महिलालाई समान अधिकार दिन स्थानीय तहबाटै क्रियाशील सदस्य बढाऔं – कमला पन्त

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ फागुन २३ आइतबार
kamala-pant.jpg

झापा  । नेपाली कांग्रेसकी नेतृ एवं पूर्व मन्त्री  कमला पन्तले महिलाहरुलाई ३३ प्रतिशत आरक्षणको ब्यबस्था गराएको अवगत गराउँदै महिलाहरुले आफ्ना अधिकार सुनिश्चित गरी विकृति र विसंगतिविरुद्ध लड्न अनुरोध गरेकी छिन् । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत झापाको गौरादह नगरपालिकाको गौरादहमा  नेपाल महिला संघ नगर समिति गौरादहद्वारा आयोजित  विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै नेतृ पन्तले हाल कांग्रेसका बौद्धिक खुराकमा कमी भएको बताउँदै कांग्रेस आफैंले आफ्नो जिम्मेवारी बुझ्न जरुरी रहेको भन्दै विगतको लामो सङ्घर्षबाट प्राप्त भएको उपलब्धिको सुरक्षा गर्न नेतृत्वलाई चुनौती भएको बताइन् ।

महिलाहरुलाई समान अधिकार दिन स्थानीय तहहरुबाटै उल्लेख्य मात्रामा महिलाहरुलाई कृयाशील सदस्य वितरण गर्न जिल्ला नेतृत्वलाई अनुरोध गर्दै पार्टीका सबै तहमा एक तिहाइ महिला आवश्यक भएको सुझाव पूर्वमन्त्री पन्तले प्रस्तुत गरिन् । 

अर्को प्रसङ्गमा कृषि तथा घरेलु काम गर्ने महिलालाई सरकारले पेन्सनको ब्यबस्था गरिनु पर्ने बताउँदै ‘सबै महिला श्रमिक र सबै श्रमिक महिला हो’ भन्दै उनले सबै महिलाहरुलाई सम्मान गरिनु पर्ने बताउँदै सम्मानले नै महिलाहरुलाई शिखरमा पुर्याउने उद्घोष गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसस महासमिति सदस्य फूलबती  राजवंशीले कुनै पनि महिला दिदीबहिनीहरु विभेदको शिकार भइए कुनाकाप्चामा लुकेर रुनु नपरोस् भन्दै रथयात्राको लागि आवश्यक दुई पाङ्ग्राको समान महत्व भएझैं समाज रुपान्तरणमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् ।                  

साथै महिलाहरुको अधिकार खोजिरहँदा कुनै पनि पुरुष दाजुभाइहरु हिंसामा पर्न नहुने बताउँदै निर्मला पन्त जस्ता जघन्य घटना दोहोरिन नदिनका लागि सरकारले आवश्यक कानून निर्माण गर्नुपर्ने बताइन् ।
        
कार्यक्रमलाई सम्बोधन गर्दै संविधान  सभा निर्वाचनकी प्रत्यक्ष उम्मेद्बार रामकुमारी पौडेलले आसन्न कांग्रेसको अधिवेशनलाई लक्षित गर्दै प्रत्येक तह र तप्कामा महिलाहरुलाई समाबेश  गराएर महिलाहरुको अधिकार सुनिश्चित गरिनु पर्ने बताइन् ।

हाल मुट्ठीभरका महिलाहरुले मात्र अधिकार पाएको बताउँदै गाउँगाउँका महिलाहरुको समस्याको सन्देश  केन्द्रसम्म पुर्याइ महिला अधिकार र महिला हकहित सुनिश्चित गर्न अनुरोध समेत गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला संघ मोरङ जिल्ला सभापति शान्ता पौडेलले आधा आकाश ढाकेका महिलाहरु ५१ प्रतिशत नेतृत्वको प्रमुख पदमा ३३ प्रतिशत हुन आवस्यक रहेको बताइन् ।

महिला संघ पूर्व केन्द्रीय सदस्य रुक्मिणी कोइरालाले २००४ सालमा स्व। मंगलादेवी सिंहले स्थापना  गरेको नेपाल महिला संघ २०४६ सालको आन्दोलनको उपलब्धिबाट अधिकारहरु सुनिस्चित गर्दै पुनस् २०६२–०६३ को दोस्रो जनआन्दोलनद्वारा  स्थापित अन्तरिम संविधानमा थप अधिकार पाएको बताइन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम  सभापति भीमा उप्रेतीले समाजमा रहेका महत्वपूर्ण व्यक्तिहरुको भूमिका संघर्ष र बलिदानले नै समाज रुपान्तरण हुने बताउँदै जर्मनीकी साहसिक महिला क्लारा जेट्किनलेको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिले नै महिला दिवसको शुरुआत भएको बताउँदै जेट्किनले सामाजिक अभियन्तासमेत रहेकी र आफ्नी आमाको प्रेरणाबाट समाज रुपान्तरणको अभियान सिकेको इतिहास बताउँदै सकारात्मक सोचको विकासले नै देश विकास हुने बताइन् ।                                           

नेपाल महिला संघ नगर सचिब कल्पना थापा र महिला संघ जिल्ला सदस्य इन्दिरा पोख्रेलले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा गौरादह नगर अन्तरगत रहेका ९ वटै वडाका १५ जना श्रमिक महिलाहरुलाई दोसल्ला खादा र अबिरले सम्मान गरिएको थियो । 

साथै विगतमा लामो समय कांग्रेस पार्टीमा योगदान पुर्याएर राप्रपामा प्रवेश गरेकी नेतृ प्रेमकुमारी घिमिरे पुनः कांग्रेसमै फर्केकी थिइन् । 

कार्यक्रममा कांग्रेस जिल्ला सभापति उद्धव थापा, पूर्व सांसद विश्वदीप लिङ्देन, गौरादह नगर प्रमुख रोहितकुमार साह , महाधिवेशन प्रतिनिधि डा. खगेन्द्र अधिकारी , महिला नेतृ मन्दरा पौडेल लगायतको आथित्यता रहेको कार्यक्रममा नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पस एकाइ समिति सदस्य रमिता बढुले आकर्षक जनचेतनामुलक नृत्य प्रस्तुत गरेकी थिइन् । 

त्यसैगरी बन्दना भट्टराईले कार्यक्रममा कविता बाचन गरेकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ