arrow

‘अनिच्छापूर्वक बन्ध्याकरण’ गराइएका पेरुका नागरिकद्वारा न्याय पाउने आशा व्यक्त

logo
एएफपी,
प्रकाशित २०७७ फागुन २२ शनिबार
peru-map.jpg

लिमा। दक्षिण अमेरिकी मुलुक पेरुमा हजारौँ गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालीन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार नियोजन गर्न बाध्य बनाएको भनी परेको मुद्दाको शनिवार अदालती प्रक्रिया सुरु भएको छ। अन्यायमा परेको बताउँदै न्यायका लागि बीस वर्षदेखि आवाज उठाउँदै आएका ती गरिब आदिवासी समुदायका महिलाले लामो समयपछि अदालतमा सुनुवाइ सुरु भएपछि न्याय पाउने आशा पलाएको बताएका हुन्। 

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजीमोरीले २० वर्ष पहिले गरेको निर्णयका कारण आफूहरू बाँझोपनको सिकार बन्नु परेको दाबी गर्दै निर्णयको विरुद्धमा गरिएको कार्यक्रमका सहभागी महिलाहरूले लामो पर्खाई पछि न्याय पाउने बताएका हुन्।

कार्यक्रमका सहभागी तथा एक पीडित ग्लोरिया बासिलियो होयमानले एएफपीलाई बताइन, “हामी न्यायको लागि २० बर्सभन्दा बढी पर्खाइमा रह्यौँ। म चाहन्छु कि उनीहरूले हामीलाई पहिचान गरून् र बलपूर्वक परिवार नियोजनका लागि गरेको कार्यका लागि सबै महिलासँग माफी मागुन्।”

उनले भनिन, फूजिमोरीको कार्यकालको अन्त्यतिर भएको निर्देशन बमोजिम म २७ वर्षको हुँदा परिवार नियोजन कार्यक्रम अन्तर्गत मेरो र मजस्ता हजारौँ महिलाहरूलाई झुक्काएर प्रजनन नलीलाई बाँधेर नि: सन्तान पार्ने काम भएको थियो। यो कार्यक्रम स्वैच्छिक हुनुपर्थ्यो। तर हजारौँ महिलालाई तर्साएर दबाबमा पारेर बन्ध्याकरण गराइएको थियो।

पेरुको एक अदालतले सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति रहेका ८२ वर्षीय फुजिमोरीलाई विपक्षी बनाएर परेको मुद्दामाथि सोमबारदेखि सुनुवाइ चलाएको छ। जबरजस्ती भनिएको प्राय आदिवासी सहभागी उक्त बन्ध्याकरण कार्यक्रममा दुई लाख ७० हजार महिलालाई सामेल गराइएको थियो।

हाल ४८ वसन्त पार गरेकी बासिलियोले भनिन, “म अधिकारीहरूलाई न्याय दिनका लागि आग्रह गर्छ। हामी पेरुका जनता हौँ र हाम्रो आर्थिक स्थिति कमजोर छ तर हामी गरिब होइनौँ।” उनी स्पेनिसमा हुने अदालतको सुनुवाइको अनुवाद गर्न उनको एक अनुवादक प्रयोग गरेकीछिन्।

पेरुमा महिलाको अधिकारलाई सहयोग गर्ने गैर–सरकारी संस्थाले सहयोग गरेको न्यायका लागि गरिएको अभियानमा करिब दुई हजार महिलाहरू जोडिइसकेका छन्। अभियानका कारण अहिले मुद्दा अदालतमा सुनुवाइको प्रक्रियामा पुगेको छ। सरकारी तथ्याङ्क अनुसार उक्त बन्ध्याकरण शल्यक्रियाका कारण १८ महिलाले ज्यानसमेत गुमाएका थिए।

फुजीमोरी र उनका तीन पूर्व स्वास्थ्य मन्त्रीहरूसहित सहयोगी प्रतिवादीहरूले “जनताको जीवन र प्रजनन स्वास्थ्यसँग खेलबाड गरेको र यसबाट त्यो समूहमा परेको क्षतिको कुनै ख्याल नगरेको अभियोजक पाब्लो एस्पिनोजाले बताए।

पीडितहरूले सन् २००० देखि न्यायको लागि अबाज उठाई रहेका थिए। यसै अभियानलाई सहयोग गर्दै अदालतमा मुद्दा हाल्ने एस्पिनजो पहिलो वकिल थिए। फुजीमोरी र उनका सहयोगी प्रतिवादीहरूलाई ‘जीवन र स्वास्थ्यमा क्षति पुर्‍याउने अप्रत्यक्ष अपराध, गम्भीर चोटपटक र गम्भीर मानव अधिकार उल्ल बद्घन’ आरोप लगाइएको छ।

बन्ध्याकरण गरेका केही महिलाहरूलाई परम्परागत माचो संस्कृति भएको देशमा उनीहरूका साझेदारहरूले उनीहरूलाई भिन्न (घृणा) को दृष्टिले हेर्ने गरेका छन्। “यो भएकोले म धेरै निराश हुन थालेको थिएँ। मेरो साथीले मलाई भने कि कसैले पनि मलाई खोज्नेछैन किनकि म एउटी महिला हुँ जसले मेरो कुनै बच्चा नभएकोले मेरो सेवा गर्दिन। उनले मलाई त्यागिन्,” ४८ बर्सिया न्यान्सी सान्चेज गुरेरोले एएफपीलाई बताइन्।

“यदि उनीहरू नस बन्दी गर्न चाहन्छन् भने उनीहरूले हामीलाई सोध्नु पर्ने थियो, हामीलाई कुरा बुझाइदिनुपर्ने थियो र हरेक व्यक्तिले उसको निर्णय लिनुपर्थ्यो।”

सान्चेजले भनिन्, “फुजीमोरीले हामीसामु सार्वजनिक रूपमा माफी माग्नु पर्छ। उहाँ र उहाँका मन्त्रीहरूले यो बुझ्नु पर्छ कि उनीहरूले हामीमाथि अन्याय गरेको छ, हामी मानव हौँ,“ सान्चेजले थपिन्।

पूर्व राष्ट्रपति फुजिमोरीले अहिले मानवता विरुद्धको अपराधको लागि २५ वर्षको जेल सजाय पाउँदै आएका छन् तर उनले कहिल्यै उक्त बन्ध्याकरण अभियानको लागि माफी मागेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ