arrow

अदालतको आदेश भन्दै प्रहरीलाई धम्क्याउने रेष्टुरेन्ट सञ्चालक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
nirmal-gautam.jpg

पोखरा । वडा प्रहरी कार्यालय बैदामले अदालतको आदेश भन्दै प्रहरीलाई धम्की दिने एक रेष्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेकसाइडको ओजन गल्लीस्थित बियार्नी फाष्ट फुड एण्ड रेष्टुरेण्टका सञ्चालक वर्ष ३१ का निर्मल गौतम छन् ।

प्रहरीका अनुसार शनिबार मध्यरातमा मदिरा सेवन गरेका युवा युवतीले होहल्ला गरेर अशान्ति मच्चाएका थिए ।

सो क्रममा प्रहरी पुगेर सम्झाइबुझाई गर्दा सञ्चालक गौतमले उल्टै प्रहरीलाई धम्क्याएका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

गौतमबिरुद्ध जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसूरमा १० दिन म्याद लिएर कार्वाही प्रकृया अघि बढाइएको छ । गौतम पोखरा-३० लेखनाथ निवासी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ