arrow

मदिरा घोटालाले केजरीवाललाई पुर्‍यायो अदालतमा, बहससहित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
ArvindKejriwal.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल हाजिरीका लागि दिल्लीको राउज एभिन्यू अदालत पुगेका छन् । बहस शुरु हुने बित्तिकै उनले जमानत पाएका थिए । 

उनलाई १५ हजार रुपैयाँको व्यक्तिगत धरौटीमा जमानत दिइएको हो । यो मुद्दा ईडी याचिकासँग सम्बन्धित छ। जसमा उनलाई मार्च ७ मा अदालतमा उपस्थित हुन समन जारी गरिएको थियो ।

रुस एभिन्यू अदालतमा शुक्रबार सुनुवाइ भएको थियो । यस क्रममा अदालतले केजरीवाललाई हाजिर हुन भनेको थियो । वास्तवमा दिल्लीका मुख्यमन्त्रीले व्यक्तिगत रूपमा उपस्थित नहुनको लागि छुट मागेका थिए।

ईडीले केजरीवाललाई अहिलेसम्म ८ वटा समन जारी गरेको छ । केजरीवाल एकपटक पनि एजेन्सीमा उपस्थित भएनन् । यसपछि अनुसन्धान एजेन्सीले केजरीवालविरुद्ध अदालतमा दुईवटा उजुरी दायर गरेको थियो।

अदालतको बहसः

अदालतः के अभियुक्त हाजिर छन् ?

गुप्ताः  हो, उनी अदालतमा छन् र तपाईं जमानतको आदेश दिन सक्नुहुन्छ। यसपछि केजरीवाल गएर जिज्ञासा जारी राख्न सक्छन् ।

अदालतः १५ हजार रुपैयाँ धरौटीमा जमानत दिन्छ । केजरीवाल अदालतबाट जान सक्छन् । वकिलहरू अझै अदालतमा उपस्थित हुनुपर्छ।

यति छोटो संवाद भएपछि केजरीवालले जमानतमा रिहा भएका छन् ।

 केजरीवालका वकिलका अनुसार मुख्यमन्त्री केजरीवालले ईडीको हरेक समनको जवाफ दिएका छन । 

एएसजी एसभी राजु ईडीको तर्फबाट मार्च १५ मा विशेष न्यायाधीश (सीबीआई) राकेश सायलको एकल इजलासमा उपस्थित भएका थिए। जहाँ केजरीवालका वकिलहरू वरिष्ठ अधिवक्ता रमेश गुप्ता र अधिवक्ता राजीव मोहन थिए । केजरीवालका वकिलहरूले भने कि दिल्लीका मुख्यमन्त्रीले ईडीको हरेक समनको जवाफ दिएका छन् । 

मुख्यमन्त्रीको जिम्मेवारीका कारण उनी ईडीसमक्ष उपस्थित हुन सकेनन् । अदालतमा उजुरी गर्नुअघि ईडीले केजरीवाललाई कारण देखाउ नोटिससमेत दिएको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ