arrow

अदालतमा शोकः बिहीबार सबै अदालत बन्द

सर्यो नेकपाको नामको विवादको फैसला पनि

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
Supreme-Court-Nepal.jpeg

काठमाडौं । बिहीबार देशभरका सबै अदालत बन्द भएका छन् । सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार एक दिन शोक बिदा दिने निर्णय अनुसार सबै अदालत बन्द गरिएको हो । 

पूर्वप्रधान्यायाधीश सिंहको मंगलबार बेलुकी ७ः३० बजे ९० वर्षको उमेरमा निधन भएको थियो । सिंह २०५२ साल असोज १० गतेदेखि २०५३ फागुन ३ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए । 

उनी १९८८ साल फागुन ३ गते सर्लाहीमा जन्मिएका थिए । उनले २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । 

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठकले  बिहबिार सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सर्यो नेकपाको नामको विवादको फैसला पनि 
बिहीबार नेकपा विवादबारे सर्वोच्च अदालतले फैसला गर्दैै थियो । ऋषिराम कट्टेलले पार्टीको नामको विषयलाई लिएर भएको विवादमा अदालतले निर्णय दिँदै थियो । कट्टेलले दर्ता गराएको नेकपाको नामबाटै एमाले र माओवादी केन्द्र एकीकरणपछि भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले नाममा स्वीकृति दिएको थियो । 

कट्टेल त्यसपछि अदालत गएका थिए । आयोगले नेकपालाई कोष्टभित्र राखेर (नेकपा) राख्न दिएपछि उनले अन्याय भएको दाबी गरेका थिए । 

यो फैसला आएपछि (नेकपा) भित्रको विवादले पनि नयाँ मोड लिनेछ । नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहबीचको आन्तरिक किचलोले पार्टी फुट नजिक पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ