arrow

‘कांग्रेस विभाजितसँग होइन सिङ्गो नेकपासँग भिड्न तयार’

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
nepali-congress-flag.jpg.jpeg

विराटनगर । प्रदेश नं १ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेत केदार कार्कीले सरकारले संसद्लाई सामना गर्न छाडेर भागिरहेको आरोप लगाएका छन् ।
    
यही फागनु २० गते हुने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले आगामी चैत २ गते बस्ने भनी प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाप्रति बुधवार पत्रकारसँगको भेटघाटमा आक्रोश व्यक्त गर्दै उनले कांग्रेस सिङ्गो नेकपासँग भिड्न तयार रहेको बताए ।

 प्रमुख सचेतक कार्की कार्यपालिका, न्यायपालिका जस्तै व्यवस्थापिकाले पनि आफ्नो हैसियत देखाएका कारण सरकारविरुद्धमा आएको अविश्वासको प्रस्ताव प्रदेशसभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा पेश भएको जिकिर गरे ।

प्रमुख सचेतक कार्कीले १२ दिनसम्म संसद् बैठक स्थगन हुनु र छल्नु सरकारको लाचारी हो भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ