arrow

चिनियाँ लगानीको क्लिन पार्कको विरोधमा उत्रियो मञ्च, बुधवार गौरादहमा प्रदर्शन

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
jhapa-industrial-park.jpg

झापा। दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कका पीडितलाई उचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको प्रत्याभुती गर्नुपर्ने माग राख्दै संघीय लिम्बुवान मञ्च नेपाल फेरि संघर्षमा उत्रने भएको छ । संघर्षकै क्रममा संघीय लिम्बुवान मञ्च नेपालले बुधबार गौरादह बजारमा जनप्रदर्शन गर्ने भएको छ । सभालाई मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । चिनियाँ लगानीमा बन्दै गरेको पार्क पिडितलाई उचित सम्बोधन हुनुपर्ने माग मञ्चले शुरुदेखिनै उठाउँदै आएको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले छ बुँदे माग अगाडि सारेको छ । झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्कले पिडित बनाएपछि अहिले स्थानिय पीडितहरु आफ्नो माग राख्दै अघी सर्न थालेका छन्। स्थानियहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग गरेको छ ।

संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरुलाई न्यायोचित सम्बोधन गर्दै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ । मञ्चले वर्तमान सरकारको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोध गर्दै देशको विद्यमान राजनीतिक समस्यालाई तत्काल समाधान गर्न विगठित प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग गरेको छ ।

प्रदेश न. १ को नामाकरण लिम्बुवान, खम्बुवान/किराँत घोषणा गर्न माग गर्दै मञ्चले शक्तिशाली सर्वजातीय सभा गठन गर्न समेत माग गरेको हो । आदिवासी जनजातिहरुको आइएलओ १६९ प्रत्याभूत गरेको जल, जंगल र जमिन माथिको हस्तक्षेप तत्काल बन्द गर्न समेत विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ