arrow

नग्न तस्विर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले दिइन विनयजंगविरुद्ध प्रहरीमा जाहेरी 

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
nepal-police12.jpg

काठमाडौं । पशुपतिमा बेवारिसे लास जलाएर बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि विनयजंग बस्नेतबाट अभद्र व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् ।

१८ वर्षीया सपनाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बस्नेतबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै जाहेरी दिएकी हुन् । 

परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सपनाले आफूमाथि अभद्र व्यवहार भएको भन्दै जाहेरी दिएको र जाहेरी दर्ता गरिएको जानकारी दिए ।

‘अभद्र व्यवहार भएको विषयमा सपना रोकाबाट विनयजंग बस्नेत बिरुद्ध जाहेरी आएको छ, जाहेरी दर्ता भइसक्यो, अदालतबाट आजै पक्राउ पूर्जी लिएर पक्राउ गर्छौैं,’ परिसर काठमाडौंका प्रमुख सिंहले हाम्राकुरासँग भने ।

बस्नेतले युट्युबमा मगरका नग्न तस्विर देखाइदिने भन्दै धम्की दिएपछि उनले प्रहरीमा जाहेरी दिएको बताइएको छ । बस्नेतले आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको र सार्वजनिक गरिदिने भन्दै धम्की दिंदै आइरहेको सपनाले भनेकी छिन् ।

सपना र बस्नेत दुवैले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए भने सपना बस्नेतसँगै बस्ने गरेकी थिइन् । उनीहरुबीच केही समयअघिदेखि तिक्तता रहँदै आएको थियो भने त्यसपछि उनी बस्नेतलाई छाडेर घर फर्किएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ