arrow

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पुँजीकरण ३४ खर्ब ५२ अर्ब

logo
हाम्रा कुरा
प्रकाशित २०७७ माघ २६ सोमबार
nepal-stock-exchange-nepse.jpg

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ । यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा समेत उच्च वृद्धि देखिएको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर रु १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण बढेर साढे रु ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार रु ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ बराबर पुगेको छ । लगानीकर्ता बैङ्क, विकास बैङ्क र जीवन बिमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोबारले देखाएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बिमा १३१.९२, उत्पादन ७४.८९ र लघु वित्त ३१.४२ विन्दुले घटेको छ । यस्तै, बैङ्किङ ६२.७२, होटेल २८.८६, विकास बैङ्क ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बिमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज प्रभु बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु ६२ करोड १३ लाख ५३ हजार १२९ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्ट्रेन्स रु ३३ करोड ७९ लाख ५६ हजार ८६३, नबिल बैङ्क रु ३३ करोड ४४ लाख ३४ हजार ५९७, डिप्रोक्स लघु वित्त रु ३३ करोड १२ लाख २९ हजार ९२७, ग्लोबल आइएमई बैङ्क रु २९ करोड ४२ लाख ३२ हजार ७७२, फस्ट माइक्रो फाइनान्स रु २७ करोड ८८ लाख ३४ हजार ७७५, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ३९ लाख ९५ हजार ४३३, हिमालयन डिस्टिलरी रु २२ करोड ३२ लाख ८९८ र एनआइसी एसिया बैङ्क रु २० करोड ४८ लाख ९७ हजार १०८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा गरिमा विकास लघु वित्त ९.९२, प्रभु बैङ्क ९.१७, सनराइज बैङ्क ८.४५, माछापुच्छ्रे बैङ्क ८.३९, छ्याङदी हाइड्रो ७.७३, गरिमा विकास बैङ्क ७, सूर्योदय लघु वित्त ६.९९, नेपाल फाइनान्स ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले कमाए । हिमालयन ऊर्जा विकास कम्पनी ६.७८, उन्नती सहकार्य लघु वित्त ६.३७, स्वाभिमान लघु वित्त ५.४७, सिभिल लघु वित्त ५.११, लक्षमी लघु वित्त ४.८२, स्वरोजगार लघु वित्त ४.७३, किसान लघु वित्त ४.२४, हिमाल दोलखा हाइड्रोपावर ४.१७ र मिर्मिरे माइक्रोफाइनानसका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ