arrow

प्रतिनिधि सभा विघटनमाथिको मुद्दामा मङ्गलवार सुनुवाइ नहुने

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
supreme.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा जारी रहँदै आएको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ भोलि (मङ्गलवार) भने नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण शोकमा मङ्गलवार एक दिन सुनुवाइ नगरिने सोमबारको इजलासमा प्रधानन्यायाधीश चेलेन्द्रशमशेर राणाले जानकारी गराएका हुन । प्रधानन्यायाधीश राणाले बुधवार वाट पुनः इजलासमा बहस जारी रहने जानकारी गराएका छन् ।

पूर्व न्यायाधीश पाण्डेको सोमबार बिहान वानेश्वर स्थित निजी निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । उनी लामो समयदेखि नशा सम्बन्धी रोगबाट पीडित रहँदै आएका थिए । उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ